१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटका विनोद शाह मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

१३ साउन, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नुवाकोटका विनोद शाह नियुक्त भएका छन । आइतबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले शाहलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो ।

नुवाकोटको ताँदी गाउँपालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३।५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको मुख्यमन्त्री लामाले बताए ।

प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको छ । शाह कानुन पढेका नेविसंघका पूर्व नेता हुन । उनी नेविसंघको ल क्याम्पस इकाइका सभापति हुन भने पूर्व उर्जामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका स्वकीय सचिव हुन ।

.

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार २१:२२