१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

१३ साउन, बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले यही साउन १५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दत्र्ता गराउनुभएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

“विश्वासको मतका लागि पत्र दत्र्ता भइसकेको छ”, सचिव दर्जीले भन्नुभयो, “पत्रअनुसार नै साउन १५ गते दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ ।”

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका  १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार २०:५४