८ माघ २०८१, मंगलवार | Wed Jan 22 2025

पुनर्योगको नतिजामा नुवाकोटकी रेजिनाले प्राप्त गरिन ४ जिपिए, हार्दिक बधाई

१३ साउन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको पृथ्वी माविबाट एसइईको परीक्षामा सहभागी भएर एक विषयको नतिजामा समस्या देखिएकी नुवाकोटकी रेजिना भण्डारीले ४ जिपिए प्राप्त गरी उत्तीर्णय प्राप्त गरेको पाइएको छ । उनले पुनर्योगका लागि दिएको निवेदनको नतिजा आइतबार प्राप्त भएको र उनले ४ जिपिएसहित एसइई उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिए ।

dainiki.com

यसअघि प्रकाशित नतिजामा उनको ३.९६ जिपिए रहेको थियो । सामाजिक अध्ययन विषयको नतिजा पुनर्योग (Retotaling) हुँदा नतिजामा संशोधन भई ४.०० जिपिए कायम भएको लामिछानेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्,

नुवाकोटकी सिम्रिकाले एसइइमा प्राप्त गरिन सर्वोत्कृष्ट अंक

रेजिना नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ को स्थायी बासिन्दा हुन । हेमबहादुर भण्डारी र रेश्मा भण्डारीकी छोरी उनले सामाजिक विषयको नतिजा चित्त नबुझेपछि पुनर्योगका लागि निवेदन दिएकी थिइन । रेजिना नतिजासँगै नुवाकोटमा यो सिजनको एसइईको परीक्षामा ४ जिपिए ल्याउने दुई जना भएका छन । सुभेनियर बोर्डिङबाट परीक्षामा सहभागी भएकी सिम्रिका रिजालले ४ जिपिए प्राप्त गरेकी थिइन ।

यो पनि सुन्नुहुोस्

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार १९:४९