२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक हुने

११ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने  भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउनको तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी भइरहेको छ ।’

बोर्डका अनुसार परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागीमध्ये नियमिततर्फ ३ लाख ९० हजार र ग्रेडवृद्धितर्फ १ लाख ६ हजार परीक्षार्थी रहेका थिए ।

देशभर १ हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:२२