२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

राष्ट्र बैंकले शैक्षिक ऋणका लागि सरकारको नीति अनुसार सहजिकरण गर्ने

११ साउन, काठमडौँ । राष्ट्र बैंकले शैक्षिक ऋणका लागि सरकारको नीति अनुसार सहजिकरण गर्ने भएको छ। राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

सरकारले नीतिगत रूपमा व्यावसायिक शिक्षा तथा अन्य आन्तरिक रुपमा अध्ययन गर्ने चिकित्सा, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, एकाउन्टिङ्ग जस्ता व्यवहारिक शिक्षा आर्जनको लागि ऋण उपलब्ध गराउने घोषणा गर्दै आएको छ ।

dainiki.com

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै भने, ‘व्यावसायिक शिक्षा तथा अन्य आन्तरिक रुपमा अध्ययन गर्ने चिकित्सा, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, एकाउन्टिङ्ग जस्ता व्यवहारिक शिक्षा आर्जनको लागि ऋण उपलब्ध गराउन नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने छ ।’

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:०८