२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिराम?

११ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रूपैयाँ २२ पैसा कायम गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५४ पैसा र युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६४ पैसा तोकिएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०१ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रूपैयाँ ८१ पैसा पाइन्छ ।

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा र कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १५ पैसा  र बिक्रीमा ४३९  रूपैयाँ १२ पैसा पाइन्छ ।

त्यस्तै राष्ट्र बैंकले शुक्रबारको लागि कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८१ पैसा र साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ११:२६