२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

११ साउन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन  शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि २० रूपैयाँले घटेर प्रतितोला १७ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ११:१५