२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

नुवाकोटको गड्खारको पुलमा प्वाल, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

११ साउन, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा रहेको एउटा पक्की पुलको एक छेउ लिखु खोलाले बगाएको छ । गएराति निरन्तर वर्षासँगै आएको बाढीले पुलको एक छेउ बगाउँदा पुलमा प्वाल परेको छ ।

पुलमा प्वाल परेपछि वैकल्पिक मार्ग प्रयोग गर्नका लागि अनुरोध गरिएको छ । पुलमा प्वाल परेपछि सवारीसाधान आवतजावतमा समस्या देखिएको छ। लिखुकै केही भाग, तादी,  दुप्चेश्वर र पञ्चकन्या गाउँपालिका जानका लागि मुख्यमार्गको रूपमा प्रयोग हुने उक्त सडक बन्द भएपछि अब ढिकुरे निस्कने बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार ०९:३०