२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा डा शिवराज अधिकारी नियुक्त

१० साउन, काठमाडौँ । प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा डा शिवराज अधिकारी नियुक्त भएका छन । अधिकारी अर्थशास्त्रका प्राध्यापक हुन । उनी यसअघि त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख समेत थिए ।

dainiki.com

यसअघि योजना आयोगमा सदस्य रहिसकेका अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त भएका हुन । सरकारले योजना आयोगको अन्य सदस्यहरू पनि नियुक्त गरेको छ । यद्यपी उनीहरूको नाम सार्वजनिक भएको छैन । अधिकारी भने नेकपा एमालेको कोटामा उपाध्यक्ष बनेका हुन ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १७:१५