२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । भदौ १४ गते अनिवार्य अवकाशमा जान लागेकी गड्तौलाई मुख्यसचिव बनाएसँगै उनी महिलो महिला मुख्यसचिव भएकी छिन ।

यसअघि मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनी निमित्त भएकी थिइन । असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।

dainiki.com

गडतौलालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। बिहीबार भने उनी मुख्यसचिवमै नियुक्ति भएकी छिन । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला तेह्रथुमकै नागरिक हुन । डा विमल कोइरालापछि पहिलो पटक कोशी प्रदेशबाट मुख्यसचिव बन्ने व्यक्ति पनि गड्ताैला बनेकी छिन ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १७:०४