२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

जनता बैंकले आफ्ना शेयरधनीलाई ८.५० प्रतिशत  नगद लाभांश दिने

२५ मंसिर, काठमाडौँ ।  जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकका अनुसार रु आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो बैंकले आव २०७४÷७५ मा रु ९३ करोड ४७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।

प्रकाशित मिति : 14:09