मजबुरीले आफैँबाट पहिचान बेचियो (स्वतन्त्र गजल)
-सुदामा कृष्ण सुवेदी
उ भयो परदेशी स्वाभिमान बेचियो
एकजोर बुढाबुढिको जवान बेचियो
भन्न त हुन्नथ्यो यति धेरै मैले पनि
मान्दैन मन नभनि सन्तान बेचियो !!
नभन्नु आमालाई घेराबन्दिमा छ रे !
उ सहित झुपडि र जहान बेचियो !!
जब कफनमा निदाएको प्रिय आउँछ
तब भन्लिन् प्रियाले मुस्कान बेचियो
सकेन रोक्न देशको नाथे सरकारले
सस्तो दाममा शरिर र ज्ञान बेचियो !!
नमज्जा त्यतिबेलै लाग्दो हो सबैलाई
मजबुरीले आफैँबाट पहिचान बेचियो
रत्ननगर नगरपालिका १०, चितवन
प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १४:०९