२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

उद्योगको उत्पादन माग थप साढे १३ प्रतिशत घट्यो

१० साउन, काठमाडौं । तेस्रो त्रैमासमा आर्थिक वर्ष २०८०/८१ को उत्पादनमूलक उद्योगको उत्पादन मागमा थप १३.५३ प्रतिशतले कमी आएको छ ।

सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो वर्षको यसै अवधिको तुलनामा आय ३.८७ प्रतिशतले घटेको र यस अवधिमा उद्योगको आयमा समेत कमी आएको सीएनआईले जनाएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्री स्टाटस रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा उत्पादन मागमा कमी आएको हो ।   साथै यस वर्ष उत्पादन तथा सेवामूलक उद्योगको संयुक्त विश्लेषण गर्दा समग्रमा २.६४ प्रतिशतले मागमा कमी आएको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १४:५१