२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

एकैदिन तोलामा २४ सय रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

१० साउन, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले घटेर प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ११:४६