२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

केन्द्रीय कमिटीलाई पूर्णता दिन एकीकृत समाजवादीको बैठक आज

१० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषयका बारेमा छलफल हुने नेता सोमप्रसाद पाण्डेले बताए ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान तथा क्षमताको मूल्याङ्कन गर्दै सन्तुलन मिलाएर मनोनयन गरिने छ । साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १०:१८