२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

पासाङल्हामु राजमार्गमा पहिरो, रसुवागढी प्रवेशको एकमात्र मार्ग अबरूद्ध

१० साउन, काठमाडाैँ । पासाङल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको छ । गएरातिको ठूलो वर्षसागै सडक भासिएको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ३० मिटर सडक पहिरोले बगाएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

दुई वर्षअघिको पहिरोले झण्डै दुई महिनासम्म बन्द भएको सडक जालीवाल लगाएर सञ्चालनमा ल्याइएको थियो । गएराति सोही वाल पहिरोसँगै तल झरेको छ । पहिरोले वाल झरे पनि भित्तामा केही सडक बाँकी भएकाले त्यहीबाट जोखिमपूर्ण रूपमा सडक सञ्चालनको तयारी भैरहेको छ ।

यो सडक बन्द हुँदा रसुवागढी प्रवेशको एकमात्र मार्ग अबरूद्ध भएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्यालले सडकको दुरावस्थाका बारेमा सम्बन्धित निकायमा पूर्व जानकारी दिँदा समेत वेवास्ता गरेर लापरवाही गरेको गुनासो गरेका छन ।

दुई वर्षअघिको पहिरो, जाली वाल लगाएपछिको अवस्था, गएरातिको पहिरो ।

पासाङल्हामु राजमार्गको रसुवा जिल्ला, वेत्रावती कालिकास्थान खण्डको बनुवा घुम्तिमा पहिरो गई मध्यरातीबाट सडक अबरूद्ध भएकोछ । स्थानीय केही सचेत युवाहरूको २०७९ श्रावण २४ गते रातीको पहिरोले क्षति पुगेको बेला, नि

बिहीबार बिहानै सामाजिक सञ्जाल मार्फत अर्यालले विपत्तीबाट लाभ लिने बानी परेका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका केही जिम्मेवार राष्ट्रसेवक भनिनेहरूको निर्णायक भूमिका रहने र तिनीहरूको गलत रबैयाका कारण रसुवाली जनताले पटक/पटक दु:ख झेल्नुपरेको बताएका छन ।

उनले यस्तो भनेका छन

र्माणको समयमा र केहिदिन अघिसम्म पनि सडकको विषयमा खबरदारी गरिरहनु भएको र आफ्नो क्षेत्रधिकार भित्रको सडक नभएतापनि जिम्मेवारीबोधका साथ स्थानीय सरकारको तर्फबाट भरमग्दुर प्रत्यत्न भएको हो । मनसुन पूर्वको अवस्थादेखि नै पटक/पटक जिल्ला विपद् व्यवस्थापन समिति मार्फत र प्रत्यक्षरूपमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायको प्रमुखहरू, सडक डिभिजन कार्यालय, नुवाकोटको प्रतिनिधि र स्थानीय अग्रज व्यक्तित्व सहितको उपस्थितीमा प्राविधिक तवरबाट पहिचान गरिएका र तत्काल सम्बोधन गर्नुपर्ने कामहरू सुत्रबद्ध गरेर ध्यानाकर्षण गराउॅदा पनि समयमा सम्बोधन नहुँदा आज मध्यरातीबाट बनुवा घुम्तिमा पुन: पहिरो गएर सडक अबरूद्ध भएको छ । रसुवा जिल्लाको एकमात्र प्रवेशविन्दु यो मार्ग अबरोध हुँदा सर्वसाधारण, पर्यटकको आवागमनमा र खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानीमा कठिनाई हुनुको साथै मासिक अरवौको राजस्व संकलन गर्ने अन्तर्राष्ट्रिय नाका रसुवागढी पूर्णरूपमा प्रभावित भएको छ ।विपत्तीबाट लाभ लिने बानी परेका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका केही जिम्मेवार राष्ट्रसेवक भनिनेहरूको निर्णायक भूमिका रहने र तिनीहरूको गलत रबैयाका कारण रसुवाली जनताले पटक/पटक दु:ख झेल्नुपरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ०८:०१