३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

दोलखा भीमेश्वरको शिलामा फेरि पसिना, अनिष्टको संकेत

९ साउन, काठमाडौँ । दोलखा भीमेश्वरको शिलामा फेरि पसिना आएको छ । दोलखाबाट पत्रकार जीवन लामाले अहिले मध्यान्ह १२स्४५ मा पुनः भीमेश्वरको शिलामा पसिना आएको जानकारी दिए । भीमेश्वरको शिलामा आउने पसिनालाई अनिष्टको संकेतका रूपमा बुझिन्छ । केही दिनअघिमात्र भिमेश्वरको शिलामा पसिना आएपछि क्षमा पूजा गरेर राष्ट्रपति रामचन्द्र पौडेललाइ प्रसाद दिइएको थियो । फेरि पसिना आएपछि पुनः क्षमा पूजाको तयारी गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १४:२८