२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

दीपक रौनियार निर्देशित ‘पूजा, सर’ भेनिसमा छनाेट

९ साउन, काठमाडौँ। विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

छायाङ्कनका क्रममा ‘राजागञ्ज’  नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा,सर’ राख्नुभएको हो । आगामी भदौ १२ देखि २२ गतेसम्म चल्ने महोत्सवको ८१औँ संस्करणमा चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रुपमा निर्देशक रौनियारले व्याख्या गर्नुभएको छ ।

“अघिल्ला चलचित्र झैँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी ९वल्र्ड प्रिमियर० प्ररम्भ हुँदैछ, यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला रु यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ”, निर्देशक रौनियारले भन्नुभयो ।

यसअघि सन् २०१६ मा उहाँकै ‘ह्वाइट सन’ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गर्नुभएको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ । यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरुङ, निरज श्रेष्ठ, पशुपति राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १३:३८