७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

मानव श्रमलाई मेसिनसँग तुलना गर्न मिल्दैनः मन्त्री विष्ट (भिडियोसहित)

२५ मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानव श्रमलाई मेसिनसँग तुलना गर्न नहुने बताएका छन । आप्रवासी कामदारका समस्या समाधान गर्न मोरक्कोको माराकेसमा भएको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जीसीएम महासभामा सोमबार सम्बोधन गर्दै मन्त्री विष्टले मानव श्रमलाई मेसिनसँग तुलना गर्न नहुने भन्दै मानव श्रमको गरिमा संसारमै अमूल्य रहेको बताए ।

महासभामा मन्त्री विष्टले विभिन्न देशबीचको आपसी साझेदारीबाट आप्रवासी श्रमिकहरूको रोजगारीको गुणस्तर बढाउन सकिने बताएका छन । मन्त्री विष्टले श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारी हुनुपर्नेमा जोडसमेत दिएका छन । मन्त्री विष्ट कोलम्बो प्रोसेसका १२ देशहरूको नेतृत्व गर्दै मोरक्को पुगेका हुन ।

हेर्नुहोस् भिडियो :

 

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार ०९:२२