२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु, क्याप्टेन शाक्यको उपचार हुँदै

९ साउन, काठमाडौँ । १९ जना बोकेर परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जनाको निधन भएको छ । एक जना घाइतेको उपचार भैरहेको छ । विमान चालक क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको छ । उनको त्यही उपचार हुँदैछ ।

नेपाल नागरिक उड्यन प्राधिकरण क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पुष्टि गरे । विमानमा इन्जिनियरहरू रहेको सौर्य एयरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थल भित्रै विमान खसेको छ । त्रिभुवन विमानस्थल कार्यालयले बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा खसेको जनाएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज खसेको बताएका छन ।

९ एनए एमई कलसाइनको सौर्यको विमानमा चालक दलका सदस्यसहित १८ जना सवार हरेको बताइएको थियो । विमानमा आगलागी भएर धुवाँको मुस्लो छुटेको थियो । (यसअघि मृतकको संख्या १८ हुनुपर्नेमा  अन्यथा भएकोले सच्याइएको छ । सम्पादक)

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १२:१४