२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, यस्तो छ पाउण्ड, रिंगिट र दिरामको भाउ

९ साउन, काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रूपैयाँ २१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९१ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रूपैयाँ २५ पैसा साथै युरोपियन  एकको खरिदमा भने १४५ रूपैयाँ १९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८४ पैसा पाइन्छ ।

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा साथै मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६० पैसा र बिक्रीमा २८ रूपैयाँ ७३ पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८० पैसा साथै कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ पाइन्छ।

त्यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ११:०२