३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

बेलकोटगढीमा ठाउँठाउँमा पहिरो त्रिदेशीय राजमार्ग अबरूद्ध

९ साउन, काठमाडौँ । नुवाकोट जिल्लाको बेलकोटगढीमा ठाउँठाउँमा पहिरो त्रिदेशीय राजमार्ग अबरूद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण त्रिदेशी राजमार्ग अबरूद्ध भएको हो ।

गयरातिको पहिरोका कारण रसुवागढी गल्छी पथलैया सडकको नुवाकोटको बेलकोटगढी खण्डमा विभिन्न स्थानमा पहिरो खसेको छ । गल्छी देवीघाट सडकखण्डको तीन स्थानमा ढुंगासहितको पहिरो खसेको छ ।

बेलकोटगढी ठूलोखोलाको छेउमा ठूलो पहिरो झरेको छ । तीन ठाउँमा खसेका पहिरोका कारण सडक अबरूद्ध भएको र खुलाउन समय लाग्ने स्थानीय पत्रकार शम्भुराम दाहालले बताएका छन । प्रहरीले पहिरो पन्छाएर राजमार्ग सुचारू गराउनका लागि पहल भैरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ०६:३९