२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

नेप्से ७५.३३ अंकले बढ्यो, १४ अर्ब बढीको कारोबार

८ साउन, काठमाडौँ । मंगलबार नेप्सेले मनोवैज्ञानिक विन्दु पार गरेको छ। आज नेप्से ७५.३३ अंकले बढेर २४८५.९४ विन्दुमा बन्द भएको छ।

यसअघि २०७८ चैत अन्तिममा नेप्से सूचक २५ सयको विन्दुमा थियो । मंगलबार कारोबारमा समेत उच्चता आउँदै १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

यस दिन ३१७ वटा धितोपत्रको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटाको घटेको छ।

त्यसैगरी, दुई कम्पनीको सेयर मूल्य स्थिर र छ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ भने साहस ऊर्जाको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

गणपति लघुवित्तको मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेर एक हजार ९३५ रूपैयाँ ३० पैसा कायम भएको छ।

यस्तै, १०.२५५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८५को मूल्य ३।९५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १५९ रूपैयाँ १० पैसा कायम भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ५८८ रूपैयाँमा २४ करोड ६९ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २३५ रूपैयाँ ८० पैसामा २४ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १५:५८