२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

अमेरिकी डलरको भाउ घट्दा बढ्यो पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

८ साउन, काठमाडौँ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ।

पाउण्ड स्टर्लिङ एकको खरिदमा १७२ रूपैयाँ ७३ पैसा र बिक्रीमा १७३ रूपैयाँ ५१ पैसा भने अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा २४ पैसा घटेर एकको खरिददर ८८ रूपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रूपैयाँ ३६ पैसा तोकिएको छ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ३९ पैसा र बिक्रीमा १४६ रूपैयाँ ०५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६० पैसा पाइन्छ।

त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा र युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ ।

राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६६ पैसा र साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा तोकेको छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९० पैसा र कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ९० पैसा तोकिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार ११:१६