२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

उद्योगहरुले प्रयोग गरेको बिजुलीको महसुल तिर्नु पर्दैन भनेको छैनः प्रधानमन्त्री ओली

७ साउन, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रुपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गनुभयो । उद्योगहरुबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने उहाँको भनाइ थियो ।

dainiki.com

“मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“मैले उद्योगहरुले प्रयोग गरेको बिजुलीको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।”

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार २०:३५