२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

ग्लोबल कलेजले भित्र्यायो सवा एक अर्ब लगानी, यसै वर्ष आईपीओ जारी गर्ने

७ साउन, काठमाडौं । ग्लोबल कलेज ग्रुपले उच्च शिक्षामा नाम कमाएको झण्डै सवा एक अर्ब लगानी भित्र्याएको छ ।

नेपाल लाइफ इन्सुरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड मार्फत सञ्चालनमा रहेका ६ वटा कलेजमा सवा एक अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार ग्लोबल कलेज सञ्चालन गर्ने प्रोफेसनल एजुकेटर्समा नेपाल लाइफले ७३ करोड ७२ लाख लगानी गरी ३५ प्रतिशत स्वामित्व लिएको र युनिग्लोब हायर सेकेण्डरी स्कूलमा ६० करोड लगानी गरी ४७ प्रतिशत सेयर स्वामित्व लिएको छ ।

शिक्षा क्षेत्रमा ग्लोबल ग्रुप भनेर चिनिने प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट,भ्याली भ्यु स्कुल, ग्लोबल स्कुल अफ साइन्स, लिबर्टी कलेज, युनिग्लोब स्कुलरकलेज र ग्लोबल कलेज इन्टरनेसनल सञ्चालनमा छन् ।

डा. ओझाका अनुसार कलेजमा भित्रिएको नयाँ संस्थागत लगानीले ग्लोबल कलेज ग्रुपलाई थप बलियो र संस्थागत बनाएको छ।

उनका अनुसार आईपीओ जारी गर्ने सर्तसहित नयाँ लगानी भित्राइएको हो । ‘हामी यसै वर्ष आईपीओ फाइल गर्ने गरी तयारी गरिरहेका छौं’ डा. ओझाले भने ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १२:१७