२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी

७ साउन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको  छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ११:२०