२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य अस्वस्थ 

६ साउन, काठमाडौँ । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य अस्वस्थ  हुनुभएको छ । नाकबाट रगत बगेपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ । उहाँको अहिले कोशी प्रदेशको सदरमुकाममा रहेको विराट नर्सिङ होममा भर्ना गरेर उपचार भैरहेको छ ।

हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसहित उहाँ शनिबार विराटनगर पुग्नुभएको थियो । आचार्य अस्वस्थ भएर अस्पताल भर्ना भएको सूचना पाए लगत्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेर उहाँसँग भेट गर्नुभएको छ । हरिवंशको स्वास्थ्य सामान्य भए पनि केही दिन अस्पतालमै निगरानीमा राखिने अस्पताल प्रशासनले बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १८:२३