२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

६१.६१ अंकले बढ्यो सेयर बजार, १५ अर्ब बढीकाे कारोबार

६ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोल्टी होटल्सको सेयर कारोबार भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको कुमारी बैंकको २७ करोड माथि सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १५:३४