२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सूर्याेदय वोमी लघुवित्तबाट बाहिरिँदै एनआईसी एशिया बैंक

६ साउन, काठमाडौँ । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले लघुवित्तमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो । बैंकले लघुवित्तमा रहेको आफ्नो स्वामित्वको ६१ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । लघुवित्तको सेयरमा इच्छुक लगानीकर्ताले आज साउन ६ गतेदेखि साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लघुवित्तको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १४:५३