२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

सक्किगोनिको समूहले ‘लाज शरणम्’ चलचित्र निर्माण गर्ने

४ साउन, काठमाडाैँ । सक्किगोनिको समूहले ‘लाज शरणम्’ चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । ‘जिग्री ब्रो’ नामले चिनिएका कुमार कट्टेलको निर्देशन रहने चलचित्रको शुक्रबार घोषणा गरियो । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यलाई साक्षी राखेर नयाँ चलचित्रको घोषणा गरियो ।

कुमारको पटकथा लेखन तथा निर्देशन रहने चलचित्र महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा ल्याउने गरी काम गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, कमलमणि नेपाल (खुपीका बाउ), विजय बराल, माला लिम्बू र मुकुन्द श्रेष्ठको अभिनय हुनेछ । त्यस्तै प्रशान्त ताम्राकार, रेणु योगी र महेश त्रिपाठी पनि भूमिकामा देखिनेछन । चलचित्रमा नवीन श्रेष्ठ निर्माता र रामनरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार २३:३८