राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज मतदान हुँदै
४ चैत, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदको लागि हाज मतदान हुँदैछ । नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) को विचमा उपाध्यक्ष पदको लागि प्रतिस्पर्धा हुने भएको हो ।
५९ सदस्यीय राष्ट्रिय सभाको ५८ जनाले निर्वाचनमा मतदान गर्नेछन् । वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले शशिकला दाहाल निर्वाचित हुने निश्चित छ ।
उपाध्यक्षका उम्मेदवार दाहाल प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन् भने आले प्रदेश ४ बाट निर्वाचित भएकी हुन् ।
प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार ११:३५