१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ: विमलेन्द्र निधि

३ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारमा सहभागिताबारे उहाँले भन्नुभयो, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १६:२४