चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु
३ साउन, काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी भएको छ ।
शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी हुँदा १६ जनाको मृत्यु भएको हो ।
सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने क्रममा त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ ।
चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ ।
प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार ११:५९