२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

एसईईमा एनजी आएका पाँच विद्यार्थीको नतिजा पुनर्योगपछि चार जीपीए

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ९रिटोटलिङ० चार जीपीए आएको छ ।

बोर्डले विद्यार्थीहरूलाई नतिजामा चित्त नबुझे असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । त्यसै क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ ।

एसईईको नतिजामा एनजी आएका पाँच जना विद्यार्थीले पुनर्योगपछि चार जीपीए ल्याएका छन् ।

 त्यसैगरी, २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अङ्क इन्ट्री गर्दा, केही बेला टाइपिङ गलत भइ नतिजा फरक परेको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १०:५९