अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण
३ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि पनि दुई पटक जो बाइडेनलाई कोरोना सङ्क्रमण भइसकेको थियो । अहिले राष्ट्रपतिलाई ह्वाइट हाउसले खोप लगाइएको साथै आराम गरिरहेको बताएको छ ।
यही जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा कोभिड–१९ रोग पनि लागेको छ ।
त्यस्तै, ह्वाइट हाउसले बाइडेनको सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको समेत बताएको छ ।
प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १०:२४










