२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सिड्नी गल्फको पाचौ चरण सम्पन्न, प्रणव मैनाली विजयी

अष्ट्रेलिया ।  न्यू साउथबेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेप्लिज गल्फर एसोसिएशनले आयोजना गरेको दोस्रो CIHE GOLF LEAGUE 2024  जारी रहेको छ । लिगको पाचौ  खेलमा नेपाली सहित बिभिन्न देशका  समेत गरेर जम्मा २० जनाले  भाग लिएका थिए।  धमिलो कोर्स , चिसो र हल्का पानी बिच बिहान सात बजे सुरू भएको चौथो दिनको खेलमा प्रणव मैनाली ३८ अङ्क सहित प्रथम भए भने ३२ अङ्क सहित देब कोइराला दोस्रो भएका थिए । इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) बिसाल श्रेष्ठले जिते भने Longest drive (LD) रबिन भुजेलले जिते।  वालासिया  गल्फ क्लव भएको खेलमा बिजेतालाई संस्थाको तर्फबाट दिपक पहारी, सुदिप बास्तोलाले  पुरस्कार बितरण गरेका थिए ।

आयोजकको तर्फबाट  दिपक पहारीले  लिगका खेलाडी, प्रायोजक तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । पहारीले छैठौ खेल जुलाई  २८ मा Leonay Golf course, 1 Leonay Parade, Leonay NSW 2750 मा हुने जानकारी दिदै  ईच्छुकहरुले  सम्पूर्ण जानकारी र सम्पर्क को लागी NSW Nepalese Golfers Sydney फेसबुक पेजमा  हेर्न अनुरोध गरेका थिए ।

कुल आठ गेम खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education – CIHE  रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ११:१३