९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

लगातार चाैथाे दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतिताेला कति पुग्याे?

२ साउन, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रूपैयाँले  बढेर प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ११:२५