१० भाद्र २०८१, सोमबार | Mon Aug 26 2024

नेप्से २६ महिनायताकै उच्च, १० प्रतिशतले बढ्यो पाँच कम्पनीको मूल्य

१ साउन, काठमाडाैँ । नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ। नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा बन्द भएको छ।

मंगलबार कारोबार रकम गत छ महिनायताकै उच्च रही नौ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत माघ ३ गते नौ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो।

यस दिन ३१५ वटा धितोपत्रको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ। यसदिन बरुण हाइड्रोपावर, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दाकिनी हाइड्रोपावर गरी पाँच वटा कम्पनीको सेयर मूल्य १०  प्रतिशतले बढेको हो।

कम्पनीको प्रतिकित्ता अघिल्लाे दिनकाे तुलनामा ८.४८ प्रतिशतले बढेर ३६९ रूपैयाँ ९० पैसामा २१ करोड ७७ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०० रूपैयाँ ७० पैसामा १८ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १८:०८