९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

नागरिक लगानी कोषले थप १.२५ प्रतिशत प्रतिफल दिने

१ साउन, काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई नियमित ब्याज र आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

आव २०७९/८० को नाफाबाट तत्कालीन सहभागीलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने कम्पनीले जनाएको छ । कोषका अनुसार करिब १ अर्ब ६६ करोड रुपैयाँ थप लाभांश प्रदान हुनेछ ।

कोषको ब्याजदर परिवर्तन, कुन योजनाको कति ? 

परिवर्तित ब्याजदर अनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको र यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ ।

नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ ।  लगानीकर्ता अवकास कोष योजनामा ५.५०, उपदान तथा पेन्सन योजनामा ५.५० र जीवन बीमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०,  सरल कर्जामा ९, आवाश कर्जामा ८.५० र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ । कोषले सहभागीहरूलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रैमासमा पुनरावलोकन गर्ने गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १५:२०