१० भाद्र २०८१, सोमबार | Mon Aug 26 2024

बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो?

१ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । लगातार तिन दिनदेखि सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।

त्यस्तै चाँदीको भाउ भने १० रुपैयाँले घटेर प्रतितोला १८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ११:२०