२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

अमेरिकी डलरसँगै युरो महँगियो, यस्तो छ दिराम रियाल र रिंगिट

१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनियम दर सार्वजनि गरेको छ ।

मंगलबार अमेरिकी डलर १० पैसाले बढेर बिक्रीदर मूल्य १३४ रुपैयाँ ६ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ४६ पैसा तोकेको छ ।

त्यस्तैगरी, युरो १५ पैसाले बढेर एक युरोको बिक्रीदर मूल्य १४६ रुपैयाँ २७ पैसा र खरिददर १४५ रुपैयाँ ६२ पैसा छ ।

एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ २४ पैसा, अस्ट्रेलियन डलरको ९० रुपैयाँ ८७ पैसा र यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५० पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ३४ पैसा छ ।

साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७४ पैसा, खरिददर मूल्य ३५ रुपैयाँ ५८ पैसा र कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६० पैसा छ ।

राष्ट्र बैंकले मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ७० पैसा र खरिददर मूल्य २८ रुपैयाँ ५७ पैसा र १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ४९ पैसा तोकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १०:४०