१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

समाजवादी मोर्चाको बैठक बस्दै

१ साउन, काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज (बुधबार) अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनुका साथै समाजवादी मोर्चाको पनि आगामी रणनीति र योजना तय गरिने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १०:०९