४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

काठमाडाैँ महानगरपालिकाले एक वर्षमा ९१२ जनालाई रोजगारी दियो

१ साउन, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले एक वर्षमा ९१२ जनालाई रोजगारी दिएको छ । महानगरको श्रम बैंक मार्फत ९१२ जनालाई रोजागरी दिएको काठमाडाैँ महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत उनले महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको जानकारी दिएका छन ।

उनले काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको बताएका छन । यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेके शाहले बताएका छन ।

श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९१२ जनाले रोजगारी पाएको उनले बताएका छन । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०८:४५