१० भाद्र २०८१, सोमबार | Mon Aug 26 2024

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी, यी हुन अन्य विजयी

१ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी भारी मतान्तरमा वर्तमान अध्यक्ष भविश्वर शर्मालाई ११६ मतान्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन । अध्यक्ष विजयी अधिकारीले ५६२ मत प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी भविश्वर शर्माले ४५० मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्षमा राजिव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएका छन । महासचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन । त्यस्तै सचिवमा पुण्यराम लगेजु विजयी भएका छन ।  कोषाध्यक्षमा प्रकाश थपलिया यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन । पदाधिकारीमा निर्वाचित महासचिव बाहेक सबै अधिकारी प्यानलका उम्मेदवार हुन । यद्यपी तिमल्सिना पनि अधिकारी निकट नै रहेको स्रोतले जनाएको छ ।

यस्तै सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल विजयी भएका छन । विजयी सबैजसो अधिकारी प्यानलका उम्मेदवार हुन । नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०६:४४