१० भाद्र २०८१, सोमबार | Mon Aug 26 2024

कीर्तिपुरको फ्लड लाइटः प्रचण्डले हल्ला गरे ओलीले काम सुरू गरे

३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएकोे बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ । बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।

यसअघि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले स्वकीय सचिव समेत रहेकी पुत्री गंगा दाहाल मार्फत फ्लड लाइट कीर्तिपुरमा जडान भैसकेको भन्दै भ्रम छराएका थिए । पछि गंगाले सुधार गर्दै प्रधानमन्त्रले फ्लड लाइट राख्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिइसकेको भन्दै सुधार गरेकी थिइन ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ००:००