१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ओलीलाई सीमा पारीबाट मोदीको पहिलो बधाई, एक्स मार्फत दिए यस्तो सन्देश

३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको बधाई प्राप्त गरेका छन । यो सीमा पारीबाट प्राप्त भएको पहिलो बधाई हो । भारतीय मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका हुन् ।

मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन, ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु ।’ मोदीले भारतले नेपालसँगको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १३:१६