१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ओलीले सपथकै दिन दिए मन्त्रिपरिषदलाई पूर्णता, यस्तो छ जिम्मेवारी र वरियता

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन । ओलीले आफूले प्रधानमन्त्रीको सपथ ग्रहण गरे लगत्तै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै पूर्णता दिएका हुन ।

सम्भवतः जनआन्दोलनपछि बनेका सरकारहरूमा प्रधानमन्त्रीले सपथ लिएकै दिन मन्त्रिपरिषद्ले पूर्णता पाएको यो नै पहिलो पटक हो । यसअघि यस्ता संयुक्त सरकारहरूमा मन्त्रालयको भागवण्डा नमिल्ने, पार्टी भित्र गुटको भागवणण्डा नमिल्ने गर्दा महिनौसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने गरेको थियो । तर सोमबार चौँथो पटक प्रधानमन्त्रीको सपथ खाएपछि ओलीले एकै दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएर नयाँ सन्देश दिएका छन ।

संविधान संशोधनको विषयमा समेत गम्भीर परमार्श र पहलकदमी लिने सरकारको नेतृत्व गरेका ओलीले चालेको यो कदम निकै अर्थपूर्ण रहेको छ । सोमबार ओलीले गठन गरेको मन्त्रिपरिषद्को जिम्मेवारी र कार्यभार यसप्रकार रहेको छ

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

७. आरजु राणा देउवा, परराष्ट्र

८. नवलकिशोर साह सुडी, महिला बालबालिका

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

१३. प्रदीप यादव, खानेपानी

१४. प्रदीप पौडेल, स्वास्थ्य

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

१६. बद्री प्रसाद पाण्डे, पर्यटन

१७. रामनाथ अधिकारी, कृषि

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

१९. मानवीर राई, रक्षा

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १२:४४