१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको पहिलो प्रतिक्रियाः ‘जिम्मेवारी सफलताका साथ पूरागर्छु’

३० असार, काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति छोटो प्रतिक्रिया दिएका छन । केही सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नवनियुक्त प्रधानमन्त्री ओलीले  जिम्मेवारी सफलताका साथ पूरागर्ने बताए ।

चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नै निवासमा सञ्चारकर्मीसँग भने ‘एउटा जिम्मेवारी आएको छ, सफलताका साथ पूरागर्छु। त्यसको अविलम्ब समस्याको समाधान गर्नेगरी काम गर्छु ।’

 

प्रकाशित मिति : ३० असार २०८१, आईतवार २२:४४