१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेश

२८ असार, काठमाडौँ। प्रधानमन्त्रीमा नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

 

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार २१:५८